
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिनुभएको छ । फोहोर बोक्ने सवारीका चालकहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै मोयर साहले उनीहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने चेतावनी दिनुभएको हो ।
‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले,’ सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर साहले लेख्नुभएको छ । जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर नउठाउने घोषणा गर्नुभएको छ ।
‘को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाँकी छोडिँदैन,’ उहाँले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह