
काठमाडौँ । नाराबाजीको बाबजुद संसद अवरोधमा असफल भएपछि सत्ता पक्षविरुद्धको आन्दोलनबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
कांग्रेसले जेठ ९ गतेको लागि केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको हो । कांग्रेसले सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै लामो समयदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ । अवरोधको बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि अत्तालिएको कांग्रेस आगामी आन्दोलनको रणनीति तय गर्न केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको हो ।
पार्टी मुख्यालय सानेपामा तय गरिएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल तथा निर्णय हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह