
काठमाडौँ । व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकमा व्यापार घाटा उल्लेखित पुगेको हो ।
भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएको वैशाखसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको विभिन्न वस्तु आयात भएको छ । यस अवधिमा १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयँँ बराबरको निर्यात भएको छ ।
विभागका अनुसार चालु आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात ३ दशमलव ६१ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा भारतसँग नेपालले ७ खर्ब २९ अर्ब ७० करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोडको आयात र ८६ अर्ब रुपैयाँ को निर्यात भएको छ । नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा २ खर्ब ३८ अर्ब ५५ करोड रुपैयाँ बराबर रहेको छ । दश महिनामा चीनसँग २ खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।
वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा एक खर्ब १५ अर्ब ६७ करोड रुपैयाँ बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको डिजेल र ४६ अर्ब रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । यही अवधिमा २४ अर्ब एक करोड रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट ८ अर्ब ७९ करोड, अलैंची ६ अर्ब ९१ करोड, फलामजन्य वस्तु ५ अर्ब ५२ करोड र पाम आयल ५ अर्ब ६० करोड रुपैयाँ बराबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह