
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहमति उल्लंघन गर्दै फेरि संसद अवरोध गरेको छ ।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिलाई लिएर सोमबार फेरि प्रतिनिधिसभा बैठक अवरोध गरेको हो ।
कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानविन संसदीय समिति माग गर्दै लामो समयदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको थियो । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी बजेट ल्याउने बेला संसद अवरोध भइरहेपछि त्यसलाई सुचारु गर्न सत्ता पक्षले विभिन्न प्रयत्न गर्दै आएको थियो । सत्ता पक्षको लामो प्रयासपछि कांग्रेस आइतबबारदेखि ससद खुलाउन सहमत भयो । तर गृहमन्त्री लामिछानेको अभिव्यक्तिलाई लिएर सोमबारदेखि फेरि अवरोध गर्न थालेको हो । ।
कांग्रेस सदंसदीय दलको आज बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको स्पष्ट प्रमाण देखिएको जनाउँदै निष्पक्ष छानविनका लागि संसदीय समिति गठन गर्ने माग पुनः दोहोर्याउँदै सदन अवरुद्ध पारेको छ । कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछानेको आइतबारको अभिव्यक्तिलाई लिएर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह