
काठमाडौँ । इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।
राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान आइतबार हेलिकप्टर दुर्घटनामा गर्नुभएको हो । उहाँहरु आइतबार हेलिकप्टर दुर्घटनामा परेपछि अवस्थामा भने अज्ञात थियो । खराब मौसमका कारण उद्धार टोली सोमबार मात्रै दुर्घटनास्थल पुगेको हो । समाचार एजेन्सी रोयटर्सले इरानी अधिकारीलाई उद्धृत गर्दै जनाए अनुसार दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको छ ।
टर्कीले राष्ट्रपति. रायसी सवार हेलिकप्टरको अवस्था पत्ता लगाउन ड्रोन पठाएको थियो। टर्कीको समाचार एजेन्सी अनादोलुले एक ठाउँमा अत्यधिक तापको स्रोत भेट्टाएको तस्बिर सार्वजनिक गरेको थियो । टर्कीले प्राप्त गरेको यो सूचना इरानलाई जानकारी गराएको थियो ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री होसेन अमीर(अब्दुल्लाहियान, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दलका सदस्य सवार रहनुभएको थियो । ।
राष्ट्रपति रायसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न अजरबैजान जानुभएको हा्े । बाँध उद्घाटन लगत्तै उहाँ तबरिज सहरतर्फ लाग्नुभएको थियो । इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी तबरिज जानेक्रममा हेलिकप्टर बाटैमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटना भएको ठाउँमा भिजिबिलिटी निकै कम छ रहेको बीबीसीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह