
काठमाडौँँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय भूमिकाप्रति कडा रुपमा प्रस्तुत हुनुभएको छ ।
कांग्रेसले आफूलाई संसदमा लामो बोल्न नदिएपछि आक्रोशित बन्नुभएका गृहमन्त्री लामिछानेले आइतबार सांझ शुसरु भएको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवामाथि विभिन्न कटाक्ष समेत गर्नुभएको छ । गृहमन्त्री लामिछानेले कांग्रेस सभापति देउवालाई आफूलाई यसअघि गरेको प्रधानमन्त्रीको अफर कायमै छ कि छैन ? प्रश्न समेत गर्नुभयो ।
गृहमन्त्री लामिछानेले सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्मा जवाफ दिंदै देउवालाई यस्तो प्रश्न गर्नुभएको हो । ‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ?’ उहाँले भन्नुभयो – ‘मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहनुभएका लामिछानेले देउवालाई यो प्रश्नको जवाफ संसदमै दिन आग्रह गर्नुभयो ‘यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिले दिनुभयो भने मेरो लागि कल्याण हुनेछ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह