
काठमाडौँ । यस वर्ष धानका लागि रासायनिक मल अभाव नहुने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रोपाइँका बेला मल अभाव नहुने भएकाले ढुक्क भएर कृषि कर्म अघि बढाउन कृषक वर्गमा अनुरोध गरेको छ ।
धान रोप्नका लागि सुरुको चरणमा डिएपी मल बढी आवश्यक पर्छ । हाल कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया ५२ हजार १८, साल्ट टे«डिङ कम्पनी लिमिटेडमा २६ हजार ५० मेट्रिकटन गरी ७८ हजार १७९ मेट्रिकटन मौज्दात रहेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले राससलाई जानकारी दिनुभयो । यसैगरी डिएपी मल कृषि सामग्री कम्पनीमा पाँच हजार चार सय ३४ र साल्ट टे«डिङ कम्पनीमा चार हजार ९२ मेट्रिकटन गरी नौ हजार पाँच सय २७ मेट्रिकटन गत वर्षकै मौज्दात रहेको छ ।
यसैगरी पोटास मल कृषि सामग्रीमा आठ हजार छ सय ९६ र साल्ट टे«डिङ कम्पनीमा तीन हजार एक सय छ मेट्रिकटन गरी ११ हजार आठ सय तीन मेट्रिकटन मौज्दात रहेको छ । कृषि सामग्री र साल्ट टे«डिङले दुई लाख ४२ हजार एक सय १९ मेट्रिकटन युरिया मल आयात गर्दैछन् । यसैगरी दुवै कम्पनीले ९७ हजार आठ सय ६५ मेट्रिकटन डिएपी मल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ ।
कृषि सामग्रीले १२ हजार नौ सय ५८ मेट्रिकटन र साल्ट टे«डिङले सात हजार छ सय ४६ मेट्रिकटन पोटास मल गरी कूल २० हजार छ सय चार मेट्रिक टन मल आयात गर्दै छन् । यो मल यसै हप्तादेखि असार दोस्रो सातासम्म नेपाल आइसक्ने मन्त्रालयका सूचना अधिकारी जोशीले बताउनुभयो । पहिले आएको मल अघि रोपाइँ हुने जिल्ला र पछि आएको मलपछि रोपाइँ हुने जिल्लामा पठाउने गरी मन्त्रालयले व्यवस्था मिलाएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटले बताउनुभयो ।
यसवर्ष आवश्यक मात्रामा पानी पर्ने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ । यसैले समयमै रोपाइँको तयारी गर्न मन्त्रालयले कृषकलाई आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह