
काठमाडौँ । गृह मन्त्रालयले सर्लाहीको लालबन्दी-१७ रानीगन्जमा अवैध रुपमा संचालन हुँदै आएको ‘प्रिन्स क्रसर’ ‘प्रिन्स क्रसर’लाई कारवाही गर्न निर्देशन दिएको छ ।
मापदण्ड विपरीत संचालन हुन्दै आएको ‘प्रिन्स क्रसर’ हटाउन विगतमा स्थानीय प्रशासनले विभिन्न बाहनामा आलटाल गरेपछि गृहमन्त्रालयले त्यसलाईलाई कारवाही गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयले क्रसर बन्द गराउन सर्लाही जिल्ला प्रशासनलाई निर्देशात्मक पत्र पठाएको छ । रानीगन्जका वासिन्दाले क्रसर मापदण्ड विपरीत संचालन हुँदै आएको येथेष्ट प्रमाणसहित उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई सम्बोधन गर्दै दिएको निवेदन र त्यसबारे नेपालकैरनले लगातार समाचार सम्प्रेषण गरेपछि गृह मन्त्रालयले यसप्रति गम्भीर रुपमा चासो लिएको हो ।
मापदण्ड विपरीत बस्तीबीचमा १५ वर्षदेखि संचालित क्रसरका कारण त्यस ठाउँका बासिन्दा तथा विद्यालय समेत प्रदूषणको मारमा पर्दै आएका थिए । क्रसरले सिंगो बस्ती प्रदूषित बनाएपछि त्यहाँका वासिन्दाले त्यसलाई हटाउन वडा कायालय, नपरपालिका, जिल्ला प्रशासन, सम्बन्धित प्रहरी कार्यालय समक्ष माग गर्दै आएका थिए । तर क्रसर संचालकले ती निकायलाई आफ्नो पहुँच र प्रभावमा पारेकै कारण यहाँका वासिन्दाको माग सुनुवाइ हुन सकिरहेको थिएन । मापदण्ड विपरितको अवैद्ध ‘प्रिन्स क्रसर’ को ज्यादतिका बारेमा नेपालकैरनले निरन्तर फलोअप गर्दै आएको थियो ।
सर्लाहीमा संचालनमा रहेका २७ वटा क्रसरमध्ये ‘प्रिन्स क्रसर’ले कुनैपनि मापदण्ड पूरा नगरेको भेटिएपछि प्रमुख जिल्ला अधिकारी कोमल धमलाले केहीदिन पहिला ‘अर्को आदेश’ नभएसम्मका लागि यो क्रसर बन्द गराउनु भएको थियो । क्रसर बन्द भएपनि क्रसरले कब्जा गरेको सरकारी वन भने अहिलेसम्म खालि गरेको छैन ।
गृह मन्त्रालयले मापदण्ड विपरीत संचालनमा रहेको यो क्रसरलाई कारावहिका लागि १२ पृष्टका विभिन्न कागजातसहित त्यसलाई बन्द गराउन सर्लाही प्रशासनलाई पत्र पठाएको छ ।
*(यसअघि प्रकाशित समाचारमा ‘प्रिन्स क्रसरलाई कारवाही गर्न निर्देशन ’ हुनु पर्नेमा अन्यथा भएकोमा भूलसुधार सहित सच्याईएको छ । -सम्पादक)
‘प्रिन्स क्रसर’लाई लालबन्दी प्रहरीले संरक्षण गरेको स्थानीयको आरोप
अवैद्ध ‘प्रिन्स क्रसर’ले कब्जा गरेको सरकारी वन खाली गराउन प्रक्रिया शुरु
नेपालकैरन निगरानी: बस्तीबीचको ‘अवैद्ध’ क्रसरले निम्त्याएको कहर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह