
काठमाडौँ । प्रतिनिधिसभा बैठक आइतबार पनि निर्धारित समयबाट सारिएको छ ।
सहकारीको रकम हिनामिनाबारे छानविन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका प्रतिनिधिसभाको आइतबार बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मको लागि सारिएको हो ।
संघीय संसद द सचिवालयले दिउँसो १२ बजे सूचना जारी बैठक २ बजेलाई सरेको जानकारी गरउँउको छ । संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गर्नुभएको उल्लेख छ ।
समितिको कार्यादेश टुंग्याउन कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदलको अहिले बैठक भइरहेको छ ।
कार्यदलले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाएपछि मात्रै प्रतिनिधिसभा बैठक बस्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह