
मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभइ कार्यविभाजन समेत गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की, सामाजिक विकासमन्त्रीमा पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा एकराज कार्की, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नारायणबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्त गर्नुभएको छ ।
यसैगरी मुख्यमन्त्री कार्कीले सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको राज्यमन्त्री र बन्दना झाँगरलाई पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीको मिति २०८१ जेठ ४ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम वैशाख २७ गते गठित मन्त्रिपरिषद्को कार्यविभाजन नियुक्ति, हेरफेर र कार्यविभाजनसहित शपथग्रहण गराउनुभएको छ ।
प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ मन्त्री कार्की, मगर, अधिकारी, कार्की र राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।
यसैगरी मुख्यमन्त्री कार्कीले राज्यमन्त्रीद्वय राई र झाँगरलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । यसअघि बिनाविभागीय मन्त्री रहनुभएका रामबहादुर मगरलाई आर्थिक मामिला तथा योजनामन्त्री र गणेशप्रसाद उप्रेतीलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा कार्यविभाजन गर्नुभएको छ ।
शपथग्रहण समारोहमा सभामुख अम्बरबहादुर विष्ट, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू लगायतका विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह