
धनुषा । मधेश प्रदेशमा सरकारबाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी (जसपा) नेपालबाहेकको सरकार बनाउन छलफलाई तीव्र बनाएका छन् ।
नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले वैकल्पिक सरकार गठनका लागि छलफल जारी रहेको बताउनुभयो । उहाँले आलोपालो नेतृत्व लिने गरी नेकपा (एमाले), जनमत पार्टी, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितको वैकल्पिक सरकार बनाउन करिबकरिब सहमति बनेको पनि बताउनुभयो । “पहिले जनमत, त्यसपछि माओवादी केन्द्र र अन्तिम वर्ष एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने गरी छलफल अगाडि बढेको छ । सहमतिलाई थप परिपक्व बनाएर चाँडै सरकार बनाउन दाबी पेश गर्छौ”, दलका नेता साहले भन्नुभयो ।
प्रदेशसभामा एमालेबाट २५, जनमत १३, माओवादी केन्द्र नौँ, लोसपा आठ र एकीकृत समाजवादीबाट सातजना प्रदेशसभा सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध, यात्रुहरू अलपत्र
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम