
काठमाडौँ। नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ गरी नेपाल ल्याएको छ ।
प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले ज्यानसम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याएर आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–३ का ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका–१३ का २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् ।
एनसिबि अबुधावी युएईको समन्वयमा पक्राउ परेका उनीहरुलाई बिहीबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ज्यानसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका बलबहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको थियो । विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी भएको थियो । दुवैजना वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि इन्टरपोलमार्फत पक्राउ गरिएको हो ।
बलबहादुरलाई ईलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह