
काठमाडौँ । नेपाली कांग्रेसको विरोधकाबीच शुरु भएको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ। कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाउनुभएको थियो ।
कांग्रेस सांसदहरुले नाराबाजी गरिरहँदा सभामुखले शून्य र विशेष समयका कार्यक्रमहरु कार्यसूचीबाट हटाएर राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न शुरु गर्नुभएको थियो । पत्र पढेर सुनाइसकेपछि सभामुखले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनुभएको थियो ।
कांग्रेस सांसदहरु लामिछानेलाई रोष्ट्रममा जान रोक्न उहाँलाई घेरा हालेर बसेपछि एमाले सांसदहरु पनि प्रतिकारमा उत्रँदा बैठकमा केहीबेर धकेलाधकेल भएको हो।
सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फका सांसदहरु नाराबाजी र धकेलाधकेल गर्न थालेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ। यसअघि कांग्रेसको अवरोधका कारण राष्ट्रय सभा बैठक पनि स्थगित गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह