
सर्लाही । सर्लाहीको लालबन्दीस्थित रानीगन्जको बीच बस्तीमा मापदण्ड विपरीत संचालनमा रहेको ‘प्रिन्स क्रसर’लाई ईलाका प्रहरी कार्यालय लालबन्दीले संरक्षण गरिरहेको स्थानीयले आरोप लगाएका छन् ।
क्रसर संचालन सम्बन्धी सरकारले निर्धारण गरेको मापदण्डको धज्जी उडाउँदै बस्तीको बीचैमा संचालित क्रसर हटाउन यहाँका स्थानीयले पटक पटक प्रहरीमा लिखित तथा मौखिक उजुरी दिएपनि क्रसर हटाउनुको सट्टा ईलाका प्रहरी कार्यालय लालबन्दीले उल्टै संरक्षण गरिरहेको स्थानीयको आरोप छ ।
क्रसरबाट उडेको धुलोका कारण वर्षौदेखि स्थानीयले हैरानी खेप्दै आएका छन् । धुलो र धुवाँकै कारण प्रायः प्रत्येक घरमा दमका रोगी भेटिन्छन् । सिंगो बस्ती धुलोले कुइरीमण्डल छ । बालबालिका तथा दीर्घरोगीहरु अझ बढी प्रभावित छन् । क्रसरबाट आएको चर्को होहल्ला र ध्वनी प्रदूषणका कारण दुईवटा शिक्षण संस्थाको पठन पाठन प्रभावित भएपनि यो क्रसरलाई हटाउन सरोकारवालाहरुले ठोस पहल गरेका छैनन् ।
प्रजिअको आदेशमा क्रसर बन्द भएपनि रातको समयमा लुकिछिपी क्रसर संचालन गरिरहेको स्थानीयले बताएका छन् । क्रसर संचालकको धम्कीका कारण उनीहरुले यसरी रातको समयमा क्रसर संचालन गरिरहेको सूचना कुनैपनि निकायलाई दिन सकेका छैनन् । नदी उत्खनन् गरेर वनमा गिट्टी थुपार्ने काम अहिले पनि तीब्र रुपमा भइरहेको छ ।
मापदण्ड विपरीतको यो क्रसरलाई स्थानीयले भने जस्तै ईलाका प्रहरी कार्यालय लालबन्दीले संरक्षण गरेको भन्ने विषयमा कार्यालय प्रमुख प्रहरी निरिक्षक हरिबोल के सी पूर्णरुपमा असहमत हुनुहुन्छ । ‘हामीले कसैको संरक्षण गर्ने वा कसैलाई लखेट्ने भन्ने कुरै हुँदैन,’ प्रहरी निरीक्षण के सी भन्नुहुन्छ, -‘मापदण्ड विपरीतको अवैद्ध कामलाई संरक्षण गर्ने कुरै भएन ।’ नेपालकैरनसंग कुरागर्दै प्रहरी निरिक्षक केसीले भन्नुभयो ‘प्रजिअ'सापको आदेश पछि म आफै फिल्डमा गएर क्रसर बन्द गराएको हो, त्यसपछि क्रसर संचालन भएको मलाई जानकारी छैन । प्रहरीको बदनाम गर्न स्थानीयले प्रहरीलाई मुछेको हुनुपर्छ, यसमा कुनै सत्यता छैन ।’ उहाँले रातको समयमा छुकीछिपी क्रसर संचालन भए प्रहरीलाई खवर गर्न समेत अनुरोध गर्नुभएको छ ।
सम्बन्धित समाचार...
अवैद्ध ‘प्रिन्स क्रसर’ले कब्जा गरेको सरकारी वन खाली गराउन प्रक्रिया शुरु
नेपालकैरन निगरानी: बस्तीबीचको ‘अवैद्ध’ क्रसरले निम्त्याएको कहर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’