
काठमाडौँ । मकवानपुरका छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
मकवानपुरको बागमती गाउँपालिका–४ सादेपुलस्थित धरान–चतरा सडकखण्डमा गए राति ना ६६ प ९३०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा उपमहानरपालिका–१३ का ४५ वर्षीय केशवप्रसाद मुडवरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मुडवरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
घटनास्थलबाट ३ किलोमिटर उत्तर भोर्लेनीबाट काभ्रेको तालढुङ्गा जाने भित्री सडकमा ना७त २२५९ नम्बरको रड लोड गरी रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोकिएर दुर्घटना भएको आशङ्का गरिएको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धानका लागि ट्रयाक्टर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।
त्यस्तै, हेटौँडा–५ बाँनिया टोलस्थित सडकमा गत वैशाख २७ गते भएको सवारी दुर्घटनामा परी घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका हेटौँडा–५ शान्तिनगर निवासी ५२ वर्षीय लालबहादुर वाइबाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ । बाप्र०३–००१ त ३१८ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुदाँ ट्रयाक्टर चालक वाइबा घाइते भएका थिए ।
फर्पिङ्ग–कुलेखानी सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खमा आज भ्यान दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन् ।
काठमाडौँबाट मार्खुतर्फ आउँदै गरेको बा६च १२४ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खेतमा खस्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । उहाँका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह