
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी कम्युनिष्ट एकताको पक्षमा रहेको बताउनुभएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न प्रचार विभागद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रियता र मुलुकको समृद्धिको लागि विभिन्न समूहमा छारिएका कम्युनिष्टहरु मिल्नै पर्ने बताउनुभयो । ‘राष्ट्रियताको लागि, जनताको हितको लागि, मुलुकको समृद्धिको लागि कम्युनिष्टहरु मिल्नैपर्छ, विभिन्न समूहमा छरिएका कम्युनिष्टहरुबीच एकता नभएसम्म मुलुक समृद्धि र समाजवादको बाटोमा अघि बढ्न सक्दैन’ उहाँले भन्नुभयो– नेकपा एकीकृत समाजवादी कम्युनिष्ट एकताको पक्षमा छ , त्यसैले हामी कसैलाई धारेहात लगाउँदैनौँ । कसैको कुभलो चाँदैनौँ, कसैलाई नराम्रो गर्न चाँदैनौँ । राजनीतिमा हामी लोकतान्त्रिक संस्कारयुक्त ढंगले अघि बढिरहेका छौँ ।’
‘जसपापछि एकीकृत समाजवादी पनि छुट्दैछ भन्ने हल्ला छ नी’ भन्ने संचारकर्मीहरुको प्रश्नमा अध्यक्ष नेपालले एकीकृत समाजवादीमा गुट र फुटको अवस्था नभएको दाबी गर्नुभष्यो । ‘यहाँहरुले कहिले काँही अचम्मको समाचार लेख्नु हुन्छ, केही दिन अघि यहाँहरुले एकीकृत समाजवादीका ६ जना सांसदहरु पार्टी फुटाउन लागेकमा छन् भन्ने व्यहोराको समाचार लेख्नुभएछ, त्यसले एकछिन हामीलाई अत्यायो, अनि हतार हतरमा संसदीय दलको बैठक राख्यौँ, अनि त्यहाँ विभिन्न ढंगले गहन छलफल गर्यौ’ उहाँले भन्नुभयो– यहाँहरुलाई म प्रष्ट पार्न चाहन्छु, नेकपा एकीकृत समाजवादीमा अहिलेसम्म कुनै गुट र फुटको अवस्था छैन ।’
अध्यक्ष नेपालले आफ्नो दल अहिले संसदको गतिरोध कसरी अन्त्य गर्न सकिन्छ ? भन्नेमा सक्रिय रुपले लागेको बनाउनुभयो । संसद सूचारु गर्न आफूले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग कुराकानी गरिहेको सुनाउनुभयो । मैले देउवाजीसँग पनि संवाद गरिरहेकोछु, संसदीय छानविन समिति बाउनैपर्छ भन्ने उहाँहरुो कुरा छड अध्यक्ष नेपालले भन्नुभयो– ‘यसबारे रवि छामिछानेसँग पनि मेरो कुरा भइरहेको छ, उहाँले पनि ‘समिति बनाउनै परे बनाऔँ यसमा हाम्रो कुनै आपत्ति छैन तर छानविन निश्पक्ष हुनुपर्यो, प्रमाण सही हुनुपर्यो’ भन्नुभएको छ । तर पनि समिति बनाउन कसले रोकेको छ ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह