
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा आफूले बोल्न पाउनुपर्ने बताउनुभएको छ ।
गृहमन्त्री लामिछानेले त्यसको लागि वातावरण बनाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह समेत गर्नुभएको छ । गृहमन्त्री लामिछानेले प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीसँग बुधबार भएको भेटवार्तामा यस्तो आग्रह गर्नुभएको हो ।
सिंहदरबार भएको भेटवार्तामा आज प्रधानमन्त्री र एमाले अध्यक्ष र गृहमन्त्री लामिछानेबीच अवरुद्ध संसद् खुलाउने लगायतका विषयमा छलफल समेत भएको छ । छलफलमा आफूविरुद्ध सदनमा कुरा उठेपछि संसदमा बोल्न पाउनुपर्ने प्रधानमन्त्री र अध्यक्ष ओली समक्ष कुरा राखेको उपप्रधानमन्त्री लामिछानेले जानकारी दिनुभएको छ ।
‘म माथि प्रश्न उठिसकेपछि मैले सदनमा बोल्न पाउनुपर्छ, त्यसपछि यदि जवाफ चित्त बुझेन भने उहाँहरू (कांग्रेस) को अधिकार प्रयोग गर्न सक्नुहुन्छ, त्यो अधिकार त छँदै छ, त्यसपछि विरोध गर्ने उहाँहरूको अधिकारको सम्मान गर्छु’ उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह