
धुलिखेल । काभ्रेपलाञ्चोकको जिल्ला सदरमुकाम धुलिखेलस्थित वडा नम्बर ८ स्थित भट्टेडाँडा (पर्यटकीय पदमार्ग)मा नगरपालिका र जापानस्थित सरोमा सिटीको साझेदारीमा ‘हरियाली अभियान’ अनुरुप बिरुवा रोप्न थालिएको छ ।
धुलिखेल नगरपालिका उपप्रमुख निराजन जङ्गम र नेपाल भ्रमणमा रहनुभएका सरोमा सिटीका प्रमुख हारु टोमोले सोमबार संयुक्त रूपमा साकुरा र असारे फूलको बिरुवा रोपेर अभियानको थालनी गर्नुभएको हो ।
भट्टेडाँडा सडकखण्ड क्षेत्रका बासिन्दाको आर्थिक स्रोतका रूपमा पर्यटन व्यवसाय रहेको र त्यस क्षेत्रलाई पर्यटकीय पदमार्गका रूपमा विकास गर्न बिरुवा रोपिएको वडाध्यक्ष विनोद गौतमले बताउनुभयो । “पर्यटकको प्रमुख गन्तव्य धुलिखेल नगरपालिकाको वडा नम्बर ८ पिपलबोट चोकबाट भट्टेडाँडा र हिमाल देखिने देवीस्थानडाँडा क्षेत्रमा पर्ने भएकाले हामीले सडक फराकिलो बनाउनेदेखि दायाँबायाँ हरियाली बगैँचा बनाउने उद्देश्यका साथ अभियान थालेका हौँ”, उहाँले भन्नुभयो ।
यसअघि साँघुरो सडकलाई सङ्घीय सरकार र नगरपालिकाको २ करोड ८७ लाख रुपैयाँमा विस्तारसँगै पक्की बनाइएको थियो । अहिले सडकखण्डलाई थप व्यवस्थित बनाउन वडाको सक्रियतामा त्यस क्षेत्रका होटल पर्यटन व्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा हरियाली बनाउन ‘बिरुवा रोपण’ थालिएको वडाध्यक्ष गौतमले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा