
प्रकाश बराल ‘आँशु’
कालिकोट । सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर सत्य यही हो, गाउँमा युवा खोजे पाइँदैनन्। बढ्दो बेरोजगारीका कारण युवापुस्ता गाउँ देखि शहर र शहरदेखि विदेश पलायन हुन थालेपछि गाउँमा कुनै मान्छेको निधन हुँदा मलामी जान समेत पुरुष भेटिन छोडेका छन् ।
गत बिहीबार जिल्लाको रास्कोट नगरपालिका–६ का धोचे दर्जिकी ६५ वर्षीया श्रीमती नौरता दर्जीको निधन भयो । गाउँमा पुरुष नभएका कारण नौरताको अन्त्येष्टिका लागि गाउँका सबै महिला भेला भए । बैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि प्रायः सबै उमेर समुहका पुरुष गाउँभन्दा बाहिर छन् ।
गाउँमा पुरुषको नाममा ७० वर्ष पार गरेका वृद्ध मात्र छन् र उहाँहरु मलामी जान सक्ने अवस्थामा नहुदा महिलाहरु नै मलामी जानुपर्ने बाध्याता रहेको छ ।
गोरेटो बाटो निर्माण गर्दा होस् वा कुलो निर्माण गर्दा गाउँमा सङ्घीय संरचना आउनुभन्दा अगाडि रोजगारी पाइन्थ्यो । तर अहिले त्यस्ता भौतिक संरचना निर्माण गर्दा डोजरले काम गर्ने भएकाले काम पाउन मुस्किल हुन्छ अनि युवा पुरुष गाउँ छोड्न बाध्य छन् ।
अर्कोतर्फ पक्की संरचना निमार्ण गर्दा गाउँका युवासँग सिप नहुँदा यस्तो समस्या भएको हो । रास्कोट नगरपालिका वडा नं ६ का बसराज बमका अनुसार गाउँमा औंलामा गन्ती गर्न सकिने शिक्षक अनि विद्यालय जाने १६ वर्षमुनिका किशोरहरु मात्र छन् ।
बालवालिकाले मलामी जानु हुँदैन भन्ने संस्कार भएकाले उनिहरु मलामीमा सहभागी हुने कुरा भएन, त्यसैले पनि महिला मलामि जानुको विकल्प नभएको स्थानीयको भनाई छ ।
रास्कोट वडा नं २ का खेमराज फडेराले मलामी मात्र होइन गाउँमा कोही बिरामी हुँदासमेत महिलाले नै स्टेचर बोक्नुपरेको बताउनुभयो । यो समस्या रास्कोट मात्र नभएर प्रायः जिल्ला भरीको समस्या हो ।
शुभकालिका गाउँपालिका वडा नं ४ का रमेशकुमार सोनीले आफ्नो गाउँमा कहिलेकाहीं सामूहिक कामका लागि खबर गर्दा महिला मात्र सहभागी हुने गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा