
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद सर्वोच्च अदालतमा पुगेको छ ।
निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा निवेदन दायर गर्नुभएको छ ।
निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइ आज दायर गरेको रिट निवदेनमा राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दिएको आधिकारिकताकोे निर्णयलाई खारेज गर्न माग गरिएको छ । रिट निवेदनमा भनिएको छ, “राजनीतिक दलसम्बन्धी ऐन, २०७३ विपरीत दल त्याग गरी जाने विपक्षी नम्बर २ देखि ८ सम्मका विपक्षीहरु रहेको संघीय संसदको सदस्य पद राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ को अधिनमा रही खारेज गर्नु भनी परमादेशको आदेश जारी गर्दै निजहरुलाई सङ्घीय संसद्को सदस्यको हैसियतले कुनै पनि कार्य गर्न नदिनु भनी प्रतिशोध लगायत परमादेशको आदेश जारी गरी पाउँ ।”
वैशाख २३ गते राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिनुभएको थियो । त्यही निवेदनको आधारमा निर्वाचन आयोगले वैशाख २४ गते आधिकारिकताको प्रमाणपत्र दिएको हो । जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद रहेका छन् । विवादमा जेठ २ गते प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’