
मोरङ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत प्राप्त गर्नुभएको छ ।
आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गर्नुभएको छ । उहाँको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित हुनुहुन्थ्यो ।
कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बन्नुभएको हो । यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राख्नुभएको थियो ।
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने जनाउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा