
सर्लाही । लालबन्दी नगरपालिका वडा नम्बर १७ साहेवगञ्जमा मापदण्ड विपरीत संचालनमा रहेको ‘प्रिन्स क्रसर’ले हडपेको सरकारी वन खाली गराउन प्रक्रिया शुरु भएको छ । क्रसरले साहेवगञ्जमा रहेको खेलमैदान र कालिका समुदायिक वनको करिब ५० विगाह भन्दा धेरै सार्वजनिक वन हडपेर गिट्टी र वालुवा थुपार्ने गोदाम बनाएको छ ।
सर्लाहीमा संचालनमा रहेका २७ वटा क्रसरमध्ये ‘प्रिन्स क्रसर’ले कुनैपनि मापदण्ड पूरा नगरेको भेटिएपछि प्रमुख जिल्ला अधिकारी कोमल धमलाले मापदण्ड विपरितको यो क्रसरहरुलाई अर्को आदेश नभएसम्मका लागि बन्द गराउनु भएको छ । क्रसर बन्द भएपनि क्रसरले कब्जा गरेको सरकारी वन भने अहिलेसम्म खालि गरेको छैन ।
क्रसरले सरकारी तथा सामुदायिक वन विगत १५ बर्षदेखि हडपेको बिषयमा नेपालकैरनले समाचार प्रकाशित गरेपछि डिभिजन वन कार्यलय सर्लाहीले उक्त बिषयमा छानविन र कारवाहि प्रक्रिया अघि बढाउन सव डिभिजन कार्यलय घारीलाई पत्र पठाएको छ । नेपालकैरनसंग कुरागर्दै डिभिजन वन कार्यलय सर्लाहीका सूचना अधिकारी राकेस रन्जन दाशले भन्नुभयो, ‘सार्वजनिक जग्गा तथा वन अतिक्रमण भएको कुरा जानकारीमा आएको छ, त्यसको छानविन गर्नका लागि सव डिभिजन कार्यलयलाई पत्र लेखिसकेका छौं ।’ उहाँले थप्नुभयो ‘सरकारी वन अतिक्रमण भएको भए सो खाली गर्न लगाएर विगत १५ बर्षदेखि सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा क्रसरलाई कारवाही गर्छौँ।’
सव डिभिजन कार्यालय घारीका कार्यालय प्रमुख सत्यदेव यादवले पत्र प्राप्त भएको पुष्टि गर्नुभएको छ । कार्यालय प्रमुख यादवले भन्नुभयो, ‘छानविन हुदैछ, केहि दिनमै क्रसरलाई मुद्दा चलाउँछौँ । सामुदायिक वन भएकाले सामुदायिक वनलाई पनि भनेका छौँ, सबैको पहलमा वन खालि गछौँ र कारवाहि गछौँ,’ कार्यालय प्रमुख यादवले थप्नुभयो ।
क्रसरले ३ विगाह क्षेत्रफलमा फैलिएको सार्वजनिक खेल मैदान,राधाकृष्ण मन्दिरको करिब २ बिगाह र कालिका सामुदायिक वनको ४० विगाह भन्दा धेरै सरकारी जग्गा जबरजस्ती कब्जामा लिएको छ । २०६८ सालसम्म स्थानीय युवाले फुटवल खेल्ने सार्वजनिक खेल मैदान अहिले क्रसरको गोदाममा परिणत भएको छ । हजारौँ टिफर गिट्टी र वालुवा थुपारेर सरकारी जग्गा हडपेको यूनिक फुटवल क्वलवका अध्यक्ष शिवहरी गौतमले बताउनुभएको छ ।
कालिका समुदयिक वनका अध्यक्ष पुष्पराज खड्काका अनुसार क्रसरले जबरजस्ती सामुदायिक वन अतिक्रमण गरेको छ, सयौँ रुखहरु फडानी गरेर गिट्टी र वालुवा थुपार्ने गोदाम बनाएको छ । चक्रेको पुलदेखि साहेवगञ्ज सम्मको सयौँ बिगाह वनक्षेत्र कब्जामा लिएर गिट्टी थुपारेर पहाड बनाइएको छ ।
यस बिषयमा हामीले प्रतिक्रिया लिन खोज्दा डिभिजन वन कार्यालय सर्लाहीका वन अधिकृत मन्जुर अहमदले आफू ‘बेखवर’ भएको प्रतिक्रिया दिनुभएको थियो । समाचार प्रकाशित भइसकेपछि पनि अधिकृत मन्जुरले कुनै प्रतिक्रिया जनाउनुभएको छैन । फोन र म्यासेजको कुनै रिप्लाई गर्नु भएको छैन । उहाँको यो आश्चार्यजनक मौनताले उहाँकै मिलेमतो हो कि भन्ने आशंकालाई थप बल पुगेको छ । तर सुचना अधिकारी दाशका अनुसार छानविन प्रक्रिया अघि बढाइएको छ ।
सम्बन्धित समाचार...
नेपालकैरन निगरानी: बस्तीबीचको ‘अवैद्ध’ क्रसरले निम्त्याएको कहर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु