
चितवन । चितवनको इच्छाकामना–४ कुरिनटारमा निर्माण भइरहेको क्रसर उद्योगको निर्माण बन्द गर्न स्थानीयले माग गरेका छन् । आज कुरिनटार आउनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसामु बस्ती नजिकै क्रसर उद्योग निर्माण भइरहेकाले तत्काल रोक्न माग गरेका हुन् ।
स्थानीय प्रकाश सिलवालले मापदण्डविपरीत बस्तीको बीचमा क्रसर उद्योग निर्माण भइरहेकाले तत्काल रोक्न गृहमन्त्री लामिछानेसामु माग गर्नुभयो । स्थानीयको असहमति हुँदा पनि निर्माण नरोकिएको सिलवालको भनाइ छ । यसअघि स्वयं गृहमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए पनि सुनुवाइ नभएको स्थानीयको भनाइ छ ।
गृहमन्त्री लामिछानेले मापदण्डविपरीत भए क्रसर उद्योग सञ्चालन गर्न रोक लगाउने आवश्वासन दिनुभयो । उहाँले मापदण्ड पूरा गरेको छ कि छैन, वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरेको छ कि छैन बुझेर कारबाही अघि बढाउन प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई फोनमार्फत निर्देशन दिनुभयो ।
पालिकाले अनुमति दिँदा मापदण्ड पूरा गरेको छ कि छैन सबै प्रक्रिया बुझेर मापदण्डविपरीत भए निर्माण तत्काल रोक्न निर्देशन दिनुभयो । जवाफमा प्रमुख जिल्ला अधिकारी थापाले मङ्गलबारसम्म क्रसर उद्योग सञ्चालकलाई सबै प्रक्रियाको कागजात उपलब्ध गराउन समयसीमा दिइएको बताउनुभयो । बस्तीको बीचमा क्रसर उद्योग निर्माण सुरु भएसँगै यहाँका स्थानीयले विरोध जनाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा