
काठमाडौँ । ललितपुरको कुपन्डोलमा कार दुर्घटना भएको छ। शनिबार बिहान बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार कुपन्डोलस्थित सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो।
प्रहरी प्रभाग कुपन्डोलका अनुसार कारको ठक्करबाट बिजुलीको पोल नै भाँच्चिएको छ भने विद्युत् सेवा पनि अवरूद्ध छ । दुर्घटनाबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ। कार चालक ललितपुरकै सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल हुनुहुन्छ । उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार चालक जोशीले मापसे गरेर तीव्र गतिमा कार हाँकेका कारण कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा