
काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश हरि फुयालको एकल इजलासले आज रिटको प्रारम्भिक सुनुवाई गर्दै यो सवाल संविधानको व्यख्यासँग जोडिएकाले पूर्ण सुनुवाईबाट हुनुपर्ने देखिएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । त्यसैगरी आगामी जेठ ९ गते पेशी तोकी दुवै पक्षसँग छलफलका लागि बोलाउने आदेश दिएको हो ।
न्यायाधीश फुयालको एकल इजलासले सो विवादमा पाँचवटा प्रश्नको निरुपण गर्नुपर्ने समेत औँल्याएको छ । जसमा संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले समर्थन गर्ने दल तथा सदस्यहरूले समर्थन फिर्ता लिएको जानकारी गराएपछि धारा १८८ (२) बमोजिमको विश्वासको मत लिनुपर्ने हो वा होइन? संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएको मुख्यमन्त्रीको पद धारा १६९ (१) को अवस्थाभन्दा बाहेक अन्य तरिकाबाट रिक्त हुन सक्छ वा सक्दैन ? संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले धारा १८८ (४) मा उल्लिखित स्पष्टिकरणको सुविधा प्राप्त गर्न सक्छ वा सक्दैन ? भनी सोधिएको छ ।
कोशी प्रदेश प्रमुखको वैशाख २६ को विज्ञप्तिको संवैधानिक आधार तथा विज्ञप्तिभित्र उल्लिखित सङ्कल्प प्रस्तावको संवैधानिक र कानुनी वैधता के कसो हो ? र प्रदेश सरकार गठन विघटनमा प्रदेश प्रमुख तथा प्रदेशसभाको क्षेत्राधिकारको परिधि र सीमा के कसो हो भन्नेबारे प्रश्न गर्दै यी विषयको निरुपण पूर्ण सुनुवाईबाट गर्नुपर्ने भनिएको छ ।
आदेशमा भनिएको छ– ‘यस निवेदनमा उल्लिखित संविधानको व्याख्याको विषय अन्तर्निहित भएको देखिदा त्यस विषयको निरुपण पूर्ण सुनुवाईबाट हुनुपर्ने देखिएकाले हाललाई निवेदकको माग बमोजिमको अन्तरिम आदेश जारी गरिरहनु परेन ।’
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतबहादुर कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्तविरुद्ध नेपाली कांग्रेसका तर्फबाट केदार कार्कीले बिहीबार रिट निवेदन दायर गर्नुभएको थियो । सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले गरेको आह्वानलाई अन्तरिम आदेशमार्फत बदर गर्न रिट निवेदनमा माग गरिएको थियो ।
सत्ता गठबन्धनका तर्फबाट एमाले नेता कार्कीले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकामा समर्थन गर्ने प्रदेशसभा सदस्यको सनाखत गराई प्रदेश प्रमुख परशुराम खापुङले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिसक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’