+

कांग्रेसको अवरोधको कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं ।  सङ्घीय संसद् बर्खे अधिवेशनअन्तर्गत  शुक्रबारदेखि शुरु गरिएको प्रतिनिधिसभा  बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको  अवरोधको कारण स्थगित भएको छ । कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका बैठक स्थगित गर्नुभएको हो । 


कांग्रेस लगायत प्रतिपक्ष दलका सांसदहरु सहकारी अनियमितामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै तयस बारे अनुन्धान गर्न संसदीय छानविन समिति बनाउनुपर्ने माग गर्दै  बैठक अवरुद्ध पारेका हुन् । 

निर्धारित समयभन्दा एक घन्टा ढिलो भएको बैठकको शुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । उहाँले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्धामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सदनमा उठेका मुद्धाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो । 

सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत गर्नुभयो ।

बैठकमा कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनमुमार थापाले बोल्नु भएको थियो । महामन्त्री थापाको सम्बोधन सकिए लगत्तै कांग्रेस सांसदहरु बसेको स्थानबाट जुरुकक उठेर संसदीय छानविन समिति गठनको माग गर्दै नाराबाजी गरे।  सभामुख घिमिरेले त्यसपछि बैठक जेठ १ गतेसम्मको लागि स्थगित गर्नुभएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट