
मोरङ । कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
आजै बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएका नेकपा एमाले कोशी संसदीय दलका नेता कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । मुख्यमन्त्री कार्कीसँगै २ जना मन्त्रीले पनि शपथ लिनुभएको छ । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती बिना विभागीय मन्त्री बन्नुभएको छ ।
उहाँहरूको जिम्मेवारी भने पछि तोकिने भएको छ । एमाले संसदीय दलका उपनेता समेत रहनुभएका राना नेपाली कांग्रेसका केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री बन्नुभएको थियो । एमाले सरकारबाट बाहिरिएपछि उहाँले मन्त्री पद छोड्नु परेको हो । उप्रेती पनि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बन्नुभएको थियो । तर केन्द्रमा सत्ता समीकरण फेरिएपछि उहाँले पनि मन्त्री पद छोड्नु परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा