
सप्तरी । सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । नेपाल बैंकको फत्तेपुर शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो ।
सुरक्षा गार्ड फुँयालको बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरिएको दृश्य सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभएको छ । सुरक्षा गार्ड फुँयाल सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा हुनुहुन्छ ।
डिएसपी न्यौपानेका अनुसार सीसीटिभी फुटेजमा एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ । ‘त्यसपश्चात बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरेका छन् । तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिन्छ’ डिएसपी न्यौपानेले भन्नुभयो ।
प्रहरीले घटनामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा