
काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ ।
वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल बनेको एक साता नपुग्दै राजनीतिक समिति सदस्य खगेन्द्र माखिम र प्रा डा महेन्द्र लावतीसहितको समूहले यादवको साथ छाडेर अर्कै मोर्चा बनाएका छन् । माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टीले २०७४ वैशाखमा जसपासँग एकता गरेको थियो । बरिष्ठ राईसहितको समूहले पार्टी फुटाएपछि यादव तनावमा रहेकै बेला माखिम समूहले पनि उहाँलार्ई ठक्कर दिएको हो ।
माखिम र लावतीसहितको समूहले बिहीबार आफूहरु जसपाबाट अलग भएको घोषण गर्दै छुट्टै राजनीतिक मोर्चा बनाएका हुन् । जसपाको राजनीतिक र केन्द्रीय समितिका सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन गरेर प्रा डा लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा गरेका हुन् ।
माखिम र लावतीसहितको समूह पछिल्लो समय पार्टीको मुख्य नेतृत्व सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको कारण आफूहरु जसपामा रहन सक्ने अवस्था नभएको बताएका छन् । ‘पार्टीको विभाजन आत्मघाती कदम भयो, जसपा र जसपा नेपाल दुवैमा रहिरहने अवस्था बनेन’ माखिमले भन्नुभयो । ‘दुवै जसपाका नेताहरूलाई पार्टी जिम्मा छोड्दै हामीले आफ्नो लक्ष्य र उद्देश्यका लागि अगाडि बढ्ने प्रण गर्यौं ।’
मोर्चाले पहिचानको मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा रहेका पहिचानवादी दल, संगठन, अभियन्ता सबैलाई एकतावद्ध भई अघि बढ्न आह्वान समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै