
मोरङ। कोशीको मुख्यमन्त्रीमा नेकपा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त भएको छ । एमाले कोशीको संसदीय दलका नेता कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
कार्कीले एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि बिहीबार नै प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएएको थियो । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।
कार्कीले मुख्यमन्त्रीमा दाबी पेश लगत्तै उहााँलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरियो । त्यसपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीको पक्षमा ५२ मत देखिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति भएको जानकारी दिनुभएको छ ।
नेपाली काग्रेसबाट यसअघि मुख्यमन्त्री केदार काकीै नयाँ सरकार गठन आह्वान विरुद्ध सर्वोच्च अदालत पुग्नुभएको छ । कांग्रेसका कार्की सर्वोच्च पुग्दा एमालेका कार्की मुख्यमन्त्री बन्नुभएको हो । एमालेका कार्की मुख्यमन्त्री बने लगत्तै उहाँको शपथको तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा