
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्र्याक्रसहित मजदुर थुनिएका छन् ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आज साँझ महाकाली नदीमा पानीको बहाव एक्कासी बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका १४ ट्र्याक्टरसहित २७/२८ जना चालक र मजदुर टापुमा फसेका हुन् ।
प्रहरीका अनुसार महाकालीको बीच टापुमा करिब अढाइ/तीन सय स्थानीय नदीजन्य वस्तु सङ्कलनका बेला त्यही टहरा बनाएर बस्ने गरेका छन् । सोही क्षेत्रमा अहिले ट्र्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम भने नरहेको प्रहरीले जनाएको छ । फसेकाको उद्धारका लागि पहल गरिए पनि जोखिम नभएकाले टापुमै बसिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा