
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन निरन्तर रहने बताउनुभएको छ ।
पार्टी कार्यालय वालकुमारीमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहनुभएका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन आजका मितिसम्म जारी रहेको उल्लेख गर्नुभयो । ‘सरकारलाई दिएको हाम्रो समर्थन यथावत छ, बाँकी परिस्थिति कसरी विकास हुन्छ भन्नेमा निर्भर रहन्छ’ उहाँले भन्नुभयो ।
राजनीतिक अस्थिरता र गलत क्रियाकलापको पात्र आफ्नो पार्टी नभएको जिकिर गर्दै अध्यक्ष यादवले भन्नुभयो– ‘आगामी दिनमा दिइने समर्थन सरकारकै व्यवहारमा भर पर्छ ।’ केही व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले पार्टीलाई विभाजन गरेको उहाँको भनाइ छ।
बहुमत सांसद र केन्द्रीय नेता आफ्नो पक्षमा रहेको दाबी गर्दै उहाँले आफू विदेश भएका बेला पार्टी विभाजन गरेको तथा निर्वाचन आयोगले पनि हतारमा दल दर्ताको प्रमाणपत्र दिएको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा