
नवलपरासी । सुस्ता गाउँपालिकामा चट्याङ लागेर महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीलाई चट्याङ लागेको हो।
पुनमलाई मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा बगैँचातिर गएको बेला चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक यादवका अनुसार पुनम त्यही दिन दिउँसो गाउँभन्दा बाहिरको आँपको रुखमुनि मृत अवस्थामा फेला परेपछि घटना अनुसन्धान गर्दा चट्याङ लागेको पुष्टि भएको हो ।
पुनमका दुई छोरा र एक छोरी छन् । मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा