
काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सारेको छ ।
एकीकृत समाजवादीले वैशाख २६ गतेको लागि तय गरेको स्थायी समिति बैठक २९ गतेका लागि सारेको हो । समाजवादीले आसन्न महाधिवेशनबारे छलफल र निर्णय गर्न स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो । नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको १० औँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँ हुँदैछ । त्यसको लागि छलफल गर्न तीन वटै कमिटीको बैठक राखिएको हो ।
एकीकृत समाजवादी उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आन्तरिक तयारी नपुगेको कारण स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक केही दिनलाई सारिएको जानकारी दिनुभएको छ । प्रवक्ता खतिवडाका अनुसार यसअघि वैशाख २७ गतेको लागि तोकिएको पोलिटब्यूरो बैठक ३० गते मात्रै हुनेछ । यसअघि वैशाख २८ र २९ गते गर्ने भनिएको केन्द्रीय कमिटी बैठक वैशाख ३१ देखि जेठ १ गतेसम्मको लागि धकेलिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा