
मकवानपुर । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजमा नेवारी र तामाङ भाषा पनि प्रयोग गरिने बताउनुभएको छ । उहाँले यही वैशाख २४ गतेबाट व्यावहारिक रूपमा प्रयोगमा ल्याइने बताउनुभयो ।
मन्त्री बज्राचार्यले रासससँग आज संक्षिप्त कुराकानी गर्नुहुँदै वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको समुद्घाटन गर्नुहुने भएको जानकारी दिनुभयो ।
उहाँले काठमाडौँका वसन्तपुरबाट सोही दिनको बिहान ७ बजे विभिन्न वेषभूषा र झाँकीसहित ¥यालीले काठमाडौँ नगरको परिक्रममा गर्ने पनि उल्लेख गर्नुभयो । बागमती प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल)÷तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनीमन्त्री गङ्गानारायण श्रेष्ठले राससलाई बताउनुभयो ।
उक्त भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा हुने कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न संस्कृतिमन्त्री बज्राचार्यको अध्यक्षतामा तीन सय पाँच सदस्यीय आयोजक समिति निर्माण गरिएको छ ।
बागमती प्रदेशसभाको केही महिनाअघि बसेको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरिएको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा