
झापा । झापाको दमकमा अज्ञात व्यक्तिको आक्रमणमा परी एक विद्यार्थी घाइते भएकी छिन् । अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बस्दैआएकी १८ वर्षीया एनिका अधिकारी घाइते भएकी हुन् ।
स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका एक व्यक्तिले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
आक्रमण गरी फरार भएका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । घाइते अधिकारीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
अधिकारीको पेटमा गोलीको छर्रा जस्ता वस्तु लागेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उनको शरीरका दुई ठाउँमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी गोली लागेको करिब निष्कर्षमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा