
काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । जितका लागि २ सय २८ रनको विजयी लक्ष्य पच्छाएको नेपाल १९.२ ओभरमा सवै विकेट गुमाउँदै १ सय ५१ रनमा समेटियो ।
नेपालका लागि करण केसीले २८, लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४, कप्तान दीपेन्द्रसिँह ऐरीले ७, गुल्सन झाले ६ तथा विवेक यादव, सागर ढकाल र आरिफ शेखले समान ३ ३ रन बनाए । करणले १७ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरे । बमले २९ बलमा एक चौका र दुई छक्का हाने ।
नेपाललाई १ सय ५१ रनमा समेट्ने क्रममा वेस्ट इन्डिज ‘ए’का हायडेन वाल्सले तीन, गुदाकेश मोतीले दुई तथा फबिएन एलेन, म्याथ्यु फर्ड र ओबेद म्याककोयले एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा १ सय १९ रन बनाए । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए ।
बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक एक विकेट लिए । पाँच खेलको जारी शङ्खलामा वेस्ट इन्डिज ‘ए’ दुई तथा नेपाल एक खेलमा पजयी भएको छ । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले हराएको थियो । नेपाल दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको थियो । शृङ्खलाको चौथो खेल बिहीबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा