
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेशसभा सदस्य टीका थापा आज भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त हुनुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा प्रतिनिनिधित्व गर्नुहुने टीका थापालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यही वैशाख ६ गते सोडारी मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै सोही दिन नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
आज थप एक मन्त्री नियुक्त गरी मन्त्रिमण्डल विस्तार गरे पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैँसँग राख्नुभएको छ ।
नेकपा (एकीकृत समाजावादी) संसदीय दलका नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष पक्षधर प्रदेशसभा सदस्य र स्वतन्त्र सदस्य डा तारा जोशी समेतको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई प्रदेश प्रमुखले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई नेकपा (एमाले) ले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्का दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य नहुँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन अझै सकस देखिएको छ ।
मन्त्रिपरिषद् पूर्णतामा भइरहेको ढिलाइले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलगायतका विषयको तयारी प्रभावित हुने अनुमान गरिएको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसमेत १० सदस्यको प्रतिनिधित्व छ ।
बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका ४, राप्रपाका १ र १ स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय