
काठमाडौँ । रोजगारीको लागि ‘स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु’ भन्दै ८० लाख रुपैयाँ ठग्ने २ जना पक्राउ परेका छन् ।
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका ११ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका १० बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मङगला गाउँपालिका २ घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुनलाई प्रहरीले ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।
उनीहरुले ‘स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु’ भन्दै ८० लाख रुपैयाँ ठगी गरेको कारण पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो– ‘सन्ध्या लामा बुढामगरले स्लोभाकिया पठाइदिने भन्दै २ लाख तथा उदिमबहादुर पुनले अमेरिका पठाइदिने भनेर ७८ लाख रुपैयाँ लिएका उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।’ प्रहरीले उनीहरुलाई मंगलबार सार्वजनिक गरेको छ ।
उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा