
इलाम। इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुनुभएको छ ।
एमालेका युवा उम्मेवार सुहाङ नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । एमालेका सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाउनुभएको छ ।
पहिचानवादी स्वतन्त्र उम्मेदवार डकिन्द्र थेगिम ११ हजार ४ सय ५७ मत ल्याएर तेस्रो हुनुभएको छ । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू ५ हजार ५० मत पाएर चौथो बन्नुभएको छ ।
सुहाङलाई आज बिहान ११ बजे मतगणस्थलमा निर्वाचित भएको प्रमाणपत्र वितरण कार्यक्रम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा