
काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेशागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्तिजनक लाञ्छना लगाउने कार्य नगर्न आग्रह गरेको छ ।
मुद्दाका विषयमा विभिन्न सामग्री प्रकाशन तथा प्रसारण गरी सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेशागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्तिजनक लाञ्छना लगाउने कार्य जो कसैबाट भए पनि निन्दनीय हुने सर्वोच्च बारले जनाएको हो ।
सर्वोच्च बारका सचिव श्यामकुमार खत्रीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायमाथि आँच आउने गरी कोही कसैबाट हुने कुनै क्रियाकलाप सह्य नहुने र त्यसविरुद्ध बारले अग्रमोर्चामा रही स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायीको हकहितको रक्षार्थ एकजुट भएर लड्ने सम्बन्धित सबैलाई अवगत गराउन चाहन्छौँ ।’
वैशाख १४ गते सिधाकुरा डट कमबाट प्रकाशित तथा प्रसारित अडियो सम्बन्धमा सही, सत्य, तथ्य कुरा तुरुन्त छानविन गरी वास्तविक तथ्य बाहिर ल्याएर दोषीमाथि तुरुन्तै कारबाही गर्न माग गरिएको छ । बारले सर्वोच्च अदालतको संस्थागत धारणा तत्काल सार्वजनिक हुनुपर्ने भनी जोड्दार रुपमा माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा