
बझाङ । बझाङमा प्रदेशसभा सदस्यको लागि भएको उपनिर्वाचनमा नेकपा एमाले उम्मेदवारको अग्रता कायमै छ ।
छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्वर १, २, ३, ४, ५ र ६ (सबै ) वडा र लरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको तीन वटा वडाको मतगणना सकिएको छ ।
अहिलेसम्मको मतगणनामा एमाले उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ६ सय ३८ मत प्राप्त गर्नुभएको छ । छबिसपाथिभेराको ६ वटा वडा सक्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बुढा नेपाली कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई पछि पार्दै दोस्रो स्थानमा पुग्नुभएको थियो। तर अहिले फेरि कांग्रेस दोस्रो स्थानमा आएको छ ।
कांग्रेसका सिंहले २ हजार २४ मत पाउनुभएको छ । माओवादी उम्मेदवार बुढाले १ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९ सय ६२ मत प्राप्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा