
इलाम। इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस र एमाले उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
फाकफोकथुम १ र २ को गणना सक्दा कांग्रेस उम्मेदवार डम्बर खड्का ८१ मतले अगाडि पर्नुभएका थियो । अरु वडाको गणना थाल्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार खड्काको अग्रता अन्तर घटाएर ४२ मा झार्नुभएको छ ।
सार्वजनिक पछिल्लो परिणाम अनुसार कांग्रेसका खड्काले १ हजार ६ सय ४३ मत प्राप्त गर्नुभएको छ । एमालेका सुहाङले १ हजार ६ सय १ मतका साथ कांग्रेसका खड्कालाई झड्का दिइरहनुभएको छ ।
अहिलेसम्मको गणनामा पहिचानवादी पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ सय ३७ मत प्राप्त गर्नुभएको छ । मुलुकको राजनीतिमा पछिल्लो समय चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचनमा निकै पछाडि परेको छ । रास्वपा उम्मेदवार मिलन लिम्बूको ३ सय ५ मत मात्र प्राप्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा