
काठमाडौँ । नेपाल वायुसेवा निगमको ( एनएकेएक्स) जहाज इजरायलमा मर्मत गराएर काठमाडौँ ल्याइएको छ ।
इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो– ‘उक्त जहाजको एउटा इञ्जिनमा प्राविधिक समस्या आएपछि इजरायलस्थित नियमानुसार छनोट भएको मर्मत र मर्मत सङ्गठन (एमआरओ) मा मर्मत गराइएको थियो । मर्मतपश्चात् जहाज शनिबार साँझ काठमाडौँ आइपुगेको छ ।’
‘मर्मतका क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरुका अतिरिक्त इञ्जिनभित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएको र एमआरओ तथा निगमका सम्बन्धित इञ्जिनियरहरु एवं प्राविधिकहरुको प्रतिवेदनअनुसार बजारमा सोसँग सम्बन्धित पार्टपुर्जाको अभाव भएकाले मर्मतसम्भार कार्यमा केही ढिलाइ हुन पुगेको हो’ प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘उक्त कार्यमा इजरायलस्थित नेपाली राजदूतावासबाट भएको सहयोग र समन्वयका लागि निगमले आभार प्रकट गर्दछ । जहाजको इञ्जिन मर्मतमा ढिलाइ हुन गएको विषयलाई गम्भीरतापूर्वक अध्ययन विश्लेषण गरी सम्झौताअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय