+

७ दिनभित्रैमा बाटो मर्मत हुन्छ : वडाध्यक्ष जोशी

भक्तपुर ।  एक वर्षदेखि भत्किएर विजोग अवस्थामा रहेको सूर्यविनायक नगरपालिकादेखि बाइजुटार जाने सडक अब सात दिनमा मर्मत हुने भएको छ । सूर्यविनायक नगरपालिकाको ५ नम्बर वडामा पर्ने यो सडक मर्मतका लागि वडाध्यक्ष राजकुमार जोशीले सात दिनको भाखा राख्नुभएको हो ।

नगरपालिकाको मुखैमा लामो समयदेखि सडक भत्किएर सवारीचालक र यात्रुले सास्ती भोगिरहेको समाचार नेपालकैरनले  प्रकाशित गरेपछि वडा कार्यालयले सात दिनभित्रमा सडक निर्माण गर्ने प्रतिवद्धता जनाएको हो ।

‘सडक मर्मतका लागि बजेट बिनियोजन गरिहेका छौँ अबका सात दिन भित्रैमा सडक मर्मत हुन्छ’ नेपालकैनरसंग कुरा गर्दै वडाध्यक्ष जोशीले भन्नुभयो, ‘लामो समयदेखि सडक भत्किएर यात्रुले दुःख पाइरहेको विषयमा वडा कार्यालय जानकार भएपनि बजेट बिनियोजन लगायतका प्रक्रिया पूरा गर्न समय लागेकाले सडक पुनर्निमाण हुन समय लागेको हो ।’ 

सडक भत्किएर यात्रुहरुले दुःख पाइरहेको बिषयमा नेपालकैरनले समाचार प्रकाशित गरेर खवरदारी गरेकामा भने उहाँले असन्तुष्टि पोख्नुभयो । ‘प्रक्रियागत कुराहरु मिलाउदै थियौँ, बाटो मर्मतका लागि बजेटको तारतम्य मिलाउदै थियौँ, तपाईले एक्कासी समाचार प्रकाशित गर्नुभएछ, त्यसरी समाचार प्रकाशित नगरेको भए राम्रो हुन्थ्यो,’ वडाध्यक्ष जोशीले भन्नुभयो ।  

नगरपालिकाको आँगनमै सडकको हरिबिजोग हुँदापनि नगरपालिकाले मर्मत नगरेको भन्दै नगरपालिको तीब्र आलोचना भइरहेको छ । स्थानीयवासीले पटक-पटक सडक मर्मतका लागि वडा र पालिकामा ताकेता गरेपनि सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय श्याम थापाको गुनासो छ । ‘यो बाटो मर्मत हुँदा यहाँबाट ढल निकास पनि संगै बन्नु पर्छ भन्ने स्थानीयको माग रहेको छ,’ थापाले भन्नुभयो । 

सूर्यनिवायक नगरपालिकाको कार्यालबाट बाइजुटार जाने सडकका विभिन्न स्थानमा  एक वर्षदेखि सडक भत्किएर कन्तविजोग भएको छ । सडक भत्किएका कारण एकै स्थानमा अहिलेसम्म २५ पटक भन्दा धेरै सवारी दुर्घटना भएका छन् । साना सवारी साधन तथा पैदलयात्री हिड्न समेत समस्या भएपनि नगरपालिकाले आफ्नै गेट अगाडिको यो दुर्दशा रमिता हेरेर बसिरहेको थियो । यो बिषयमा नेपालकैरनले समाचार प्रकासित गरेपछि सूर्यविनायक नगरपालिकाले केही दिनअघि  सडकका खाल्डाखुल्डी पुर्न ५ नम्बर वडा कार्यालयलाई निर्देशन दिएको थियो ।


सम्बन्धित समाचार...

खाल्डाखुल्डी पुर्न वडा कार्यालयलाई पालिकाको ‘कर्मकाण्डी’ निर्देशन

एक वर्षदेखि आफ्नै आँगनको सडकमा भ्वाङ , पालिकाको छैन ध्यान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै