
गुल्मी । धुर्कोट गाउँपालिकामा आफ्नै घरमा आगो लगाउने पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएका गाउँपालिकाकोे वडा नम्वर ६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियारलाई प्रहरी पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शङ्कर पोख्रेलका अनुसार परियारले मादक पदार्थ सेवन गरी आइतबार राति आफ्नो घरमा आगो लगाएका थिए । आगो लागेपछि घरभित्रका अन्नपात, लत्ताकपडा जलेर पूर्णरुपमा नष्ट भएको छ । अन्य समयमा पनि परियारले मापसे गरी गाउँमा होहल्ला गर्ने र छिमेकीको घरमा आगो लगाइदिन्छु भन्दै धम्की दिने गरेको प्रहरीले जनाएको छ । परिवारलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।
आगलागीबाट घर, लत्ताकपडा र अन्नपात जलेपछि रेखबहादुर परिवार बिचल्लीमा परेको छ । आगलागीबाट बिचल्ललीमा परेपछि रेखबहादुरकी श्रीमती सीता परियारलाई जिल्ला प्रशासनले तत्कालका लागि राहत रकम उपलब्ध गराइएको छ । त्यसैगरी, नेपाल रेडक्रसले पनि पीडित परिवारलाई भाँडाकुँडा, त्रिपाल र लत्ताकपडा उपलब्ध गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा