+

कर्णालीको जोखिम सडकमा लाइसेन्स नै नभएकाहरुले चलाउँछन् अटो

प्रकाश बराल ‘आँशु’ 
कालीकोट ।
कालीकोटसहित कर्णालीका अधिकांश सडक जोखिमयुक्त छ । तर यही जोखिमयुक्त सडकमा लाइसेन्स नै नभएका चालकले अटोरिक्सा चलाउँछन् । अटोरिक्साले मनपरी भाडा लिने र क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको समेत पाइएको छ ।

तीब्र गति, चालकले मदिरा सेवन गर्ने, साँघुरो र अप्ठेरो सडकका कारण जिल्लामा अटोरिक्सा दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरी बरिष्ठ हवल्दार टिकाराम सिग्देलका अनुसार असुरक्षित ओभर टेक तथा ओभर स्पिडका कारण पनि कालिकोटमा दुर्घटनाको जोखिम  रहेको  हो । 

वर्षा हुनेबित्तिकै कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्ड पूरै बिग्रने र  ३ पांग्रे अटो चलाउन जोखिम हुनेगर्छ । जिल्ला ट्राफिक प्रहरीका अनुसार २०८० सालमा अटोरिक्सा १८ दुर्घटना भएका छन् ।  त्यसमा २ जना यात्रुले जीवन गुमाएका छन् । 

 कर्णाली राजमार्गस्थित दैलेखको दैखोलादेखि जुम्लाको सिमाना नाग्म बजारसम्म ७० किलोमिटर सडक कालीकोट खण्डमा पर्छ । त्यस खण्डमा स्थानीय रुटमा गाडी नचल्दा अटोरिक्साकै भर रहेको खाडाचक्र–३ ताडिका कमलराज पाण्डेको भनाइ छ । पाण्डे खाँडाचक्र ३ का भएतापनि व्यवसाय लागि खाँडाचक्र ५ तेस्रो बजार बस्दै आउनुभएको छ ।  उहाँलाई दैनिक आवतजावत गर्न अटोरिक्साको नै भर पर्नुपर्ने बाध्यता छ ।  

स्थानीय सरकारले कार्यविधि नबनाउँदा अटोरिक्सा संचालन अव्यवस्थित रहेको उहाँको भनाई छ । ‘न कुनै निकायमा दर्ता छन् न चालकको लाइसेन्स नै ’ उहाँले भन्नुभयो  ‘अटोलाई व्यवस्थित गर्न सके यात्रा सहज र सुरक्षित हुने थियो ।’ खाडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले १ वर्षअघि अटोरिक्सा संचालन अव्यवस्थित गर्न लागिएको बताउनु भएको थियो । तर अटोरिक्सा अहिलेसम्म पूर्ण रुपमा व्यवस्थित हुन सकिरहेको छैन । 

केही अटोरिक्सा नगरपालिकामा दर्ता छन ।  कार्यविधि बनाएर सबैलाई व्यवस्थित गर्न लागि प्रशासकीय अधिकृत  शाहीले जानकारी दिनुभयो ।   प्रशासकीय अधिकृत  शाहीका अनुसार  नगरपालिकामा ८९ अटोरिक्सा मात्र दर्ता भएका छन् ।  अटोरिक्सा व्यवसाय दर्ताको लागि नगरपालिकाले यसअघि विभिन्न पटक सूचना निकालिसकेको छ ।  तर टोरिक्सा चालकले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।  नगरपालिकाले  अटोरिक्सा व्यवसाय दर्ताको लागि  फेरि सूचना निकाल्ने तयारी गरिरहेको छ । 

ट्राफिक बरिष्ठ हवल्दार सिग्देलले  ट्राफिक कार्यालय र नगरपालिकाबीच समन्वय नहुँदा अटोरिक्सा संचालन व्यवस्थित हुन नसकेको बताउनुभयो ।  बरिष्ठ हवल्दार सिग्देलका अनुसार  ट्राफिक कार्यालयले अटोरिक्सा संचालन गर्न चालक अनुमतिपत्र अनिवार्य लिनुपर्ने, सवारीसाधन दर्ता गर्नुपर्ने, अटोरिक्सा चालक र यात्रुको बिमा गर्नुपर्ने, ब्लुबुकमा उल्लेख भएअनुसार मात्र यात्रु ओसारपसार गर्न पाउने लगायत निर्णय एक वर्षअघि नै गरेको थियो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमै भएको यस्तो निर्णय अहिलेसम्म पूर्ण रुपमा निर्णय कार्यान्वयन भएको छैन । जिल्लामा संचालित  १२ जना चालकको अनुमति पत्र नै छैन ।

अटोरिक्सा व्यवसायी नारायणप्रसाद देवकोटाले भाडा दर प्रशासनले तेलको मूल्य अनुसार समायोजन नगर्दा आफूहरु मर्कामा रहेको बताउनुभयो । तेलको मूल्य बढे पनि भाडा दर नबढेको उहाँको गुनासो छ ।  

व्यवसायी देवकोटाका अनुसार मान्ममा पेट्रोलको मूल्य प्रतिलिटर २ सय रुपैयाँ छ ।  तर भाडादर हेरफेर नहुँदा २ वर्षअघिकै लिनु परेको छ । उहाँका अनुसार खाडाचक्र–६ मोल्फामा मात्र १९  अटो सञ्चालनमा छन् । अटो खरिद गरेर सबै ठाउँमा लाग्ने कर बुझाउँदा ७ लाख रुपैयाँ लगानी भएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट