
झापा । पूर्व–पश्चिम एशियन राजमार्ग अन्तर्गत रुख कटानसँगै पुल र कल्भर्ट निर्माण शुरु भएको छ ।
एशियाली विकास बैंक आयोजना दमकका योजना प्रमुख सुनिलबाबु पन्तले काँकरभिट्टा–सीतापुरी पूर्वी खण्डको ४५ किलोमिटर क्षेत्रमा काम भइरहेको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार हाल कमल र केर्खा खोलामा पुलको पायल फाउण्डेसन गर्ने, सडकको चौडाइका लागि माटो भर्ने र कल्र्भट बनाउने काम धमाधम भइरहेको छ सडक किनारमा रहेका ४ हजार ७ सय ३० रुखमध्ये ३ हजार ६ सय रुख समेत कटान गरिसकिएको छ ।
दुई लेनको सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण शुरु गरिएको एशियन राजमार्गको सडकको त्यो खण्डमा एक सय ४० वटा कल्भर्ट र २१ वटा पुल निर्माण हुने जानकारी दिनुभयो ।
एशियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उहाँका अनुसार पूर्वी खण्डको ठेक्का पाएको एभ्रासकन कालीका जेभीले तीव्र रुपमा काम गरिरहेको छ । ‘काम तीव्र रुपमा भइरहेको छ’ उहाँले भन्नुभयो– ‘रुख काट्ने कार्य अन्तिम चरणमा पुगिसक्यो । अब पुल र कल्र्भटको काम पनि द्रतगतिमा भइरहेको छ ।’
एशियाली विकास बैंकको सहयोगमा निर्माण शुरु भएको काँकरभिठ्ठदेखि केर्खासम्मको सडक करिब १० अर्ब रुपैियाँको लगानीमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको योजना प्रमुख पन्तले बताउनुभयो ।
एशिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेची पुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेको छ । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने, पूर्वी नाकाबाटस्थल मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने जनअपेक्षा रहेको छ ।
उहाँले एशियन हाइवेमा पर्ने ठूला साना नदीमा लगाइएका पुराना पुललाई यथावत् राखेर त्यसैमा दुई लेनका पुल थप गरिने जानकारी दिनुभयो । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण शुरु भएको सडक अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ । काँकरभिठ्ठ–लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा