
मोरङ । कोशीमा मुख्यमन्त्रीविरुद्धको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले शुक्रबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्नुभएको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो ।
प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा सङ्कल्प प्रस्ताव पेश गर्नुभएको हो ।
प्रस्तावलाई सभामुखले मत विभाजन गरी निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तावका पक्षमा ५२ जना, तीन तटस्थ र विपक्षमा रहने सदस्यहरु सहभागी हुन नचाहेकाले प्रस्ताव बहुमतले पारित भएको ब्यहोरा पढेर सुनाउनुभयो ।
इन्द्रबहादुर आङ्बो, नारायणबहादुर मगर, गोम्बू शेर्पा, गीता तिमल्सिना, सपना दर्जी, लीलाबल्लभ अधिकारी, कमला दर्नाल, विदुरकुमार लिङ्थेप, तिलचन पाठक र निर्मला लिम्बूले सङ्कल्प प्रस्तावको समर्थन गर्दै मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने वा विश्वासको मत लिनुपर्ने बताउनुभयो ।
छलफलकै क्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई सङ्कल्प प्रस्तावको समर्थन नगरे पनि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिई संविधान पालना गर्नुपर्ने बताउनुभएको थियो ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाम र विनोद राईले प्रस्तावकर्तालाई प्रदेशको विकास, समृद्धि र गरिबी निवारणका निम्ति सङ्कल्प प्रस्ताव ल्याउन आग्रह गर्दै उक्त प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो । छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीले आफूले ८६ जनाको विश्वासको मत प्राप्त गरेको बताउनुभयो । आफूले प्रक्रिया पूरा गरी विश्वासको मत लिएको उहाँको भनाइ छ।
संवैधानिक सङ्कटबाट पार लगाउन र राजनीतिक निकास दिन आफू मुख्यमन्त्री बन्दा संसद् विघटन हुनबाट जोगिएको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार थोरै समयमा धेरै जनहितका काम गरेकाले सङ्कल्प प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभयो ।
उहाँले संविधान र विधान पालना गर्ने प्रतिवद्धता जनाउँदै आफ्नै नेतृत्वमा सर्वदलीय सरकार बनाई प्रदेशको बृहत् हितमा काम गर्न अपिल गर्नुभयो । मुख्यमन्त्री कार्कीले आफूले संविधान र कानुनअनुसार नै काम गरेकाले सङ्कल्प प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु