
भत्तपुर । विगत एक बर्षदेखि सडक भत्किएर सवारीचालक र यात्रुले समस्या भोगिरहेको समाचार नेपालकैरनमा प्रकाशित भएपछि सूर्यविनायक नगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न ५ नम्बर वडा कार्यालयलाई ‘कर्मकाण्डी’ निर्देशन दिएको छ ।
नगरपालिकाको ठिक सामुन्नेको सडकको दुरावस्थाका बिषयमा बुधबार नेपालकैरनले समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि नगरपालिकाका उपप्रमुख सरिता तिमसिना (भट्टराई)ले सडकका खाल्डापुर्न वडा कार्यालयलाई निर्देशन दिइएको प्रतिक्रिया दिनुभएको छ ।
बुधबार टेलिफोन सम्पर्कमा समेत नआउनुभएकी उपप्रमुखले समाचार प्रकाशित भएपछि नेपालकैरनसंग कुरा गर्दै वडाभित्रका सडकका खाल्डा पर्नु निर्देशन दिएको बताउनुभएको हो ।
‘भत्किएर हिड्न असहज भएका सडकलाई प्राथमिकतामा राखेर मर्मत गर्न वडा कार्यालयलाई निर्देशन दिएका छौँ । बजेट न्यून भएकाले प्राथमिकताका आधारमा सडकको मर्मत तथा दीर्घकालीन ब्यावस्थापन गर्न वडाअध्यक्षहरुलाई भनिसकेका छौँ ’ पालिका उपप्रमुख भट्टराईले भन्नुभयो ।
सूर्यनिवायक नगरपालिकाको कार्यालबाट बाइजुटार जाने सडकका विभिन्न स्थानमा एक वर्षदेखि सडक भत्किएर कन्तविजोग भएको छ । सडक भत्किएका कारण एकै स्थानमा अहिलेसम्म २५ पटक भन्दा धेरै सवारी दुर्घटना भएका छन् । साना सवारी साधन तथा पैदलयात्री हिड्न समेत समस्या भएपनि नगरपालिकाले आफ्नै गेट अगाडिको यो दुर्दशा रमिता हेरेर बसिरहेको स्थानीय शंकर कार्कीको गुनासो छ ।
आफ्नै गेट अगाडिको सडकको यस्तो दुरावस्थामा नगरपालिका भने टुलुटुलु रमिता हेरेर बसिरहेको छ । नगरपालिकाले सडक मर्मतका लागि वडा कार्यालयलाई निर्देशन दिनु बाहेक अहिलेसम्म ठोस प्रक्रिया अगाडि बढाएको पाइएको छैन ।
सम्बन्धित समाचार...
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा